मुक्तिनाथ बैंकको शाखा कार्यालयमा आगलागी

६ बर्ष अगाडि

 मुक्तिनाथ बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।

वीरगञ्जको लिंकरोडस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको हो । वीरगञ्ज(८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गएराति ११ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले बताए ।


आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया