दुर्घटनामा परी चार जनाको मृत्यु

६ बर्ष अगाडि


आज भएका छुट्टाछुट्टै दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो ।
यस्तै,कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।  २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिएका थिए  । 

यस्र्तै,वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया