काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा मिति २०७६ माघ १७ गते बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुजीको ०।७८९४७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
सभाबाट पारित १५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्तापूजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको छ ।
साथै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समुहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण कार्यका लागि पि।जे। थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७५र६५ मा ७३ खर्ब ३८ करोड निक्षेप परिचालन गरी रु।६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ साथै उक्त वर्षमा कर तथा बोनस पछि रु। १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ ।
प्रतिक्रिया