नेपाली क्रिकेट टोलीको घोषणा, को को परे टीममा ?

६ बर्ष अगाडि

काठमाडौं । आगामी फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म थाइल्यान्डमा हुने सीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सुक्रबार नेपाली टोलीको घोषणा गरेको छ । 
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १८ सदस्यीय खेलाडी टोलीमा पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, करण केसी, अभिनाष बोहरा, कुशल मल्ल, पवन सर्राफ, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमलसिंह ऐरी र रोहितकुमार पौडेल रहेका छन् । 
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपाल रहेको समूह ‘ए’ मा आयोजक थाइल्याण्ड, मलेसिया र म्यानमार छन् । समूह ‘बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन् । शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछ । फाइनल खेल्ने दुई टोली एसिया कपमा छनोट हुनेछ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया