कपुरधारामा छैन खानेपानीको धारा

६ बर्ष अगाडि

खानेपानी तथा ढल निकास विभागको नजिकै खानेपानीको धारा छैन भन्दा सुन्नेलाई अनौठो लाग्न सक्छ तर काठमाडौँ महानगरपालिका–२६ कपुरधाराको अवस्था भने यस्तै छ ।
 
खानेपानीको धारा नभए पनि पहिले जमीनमुनिबाट पानी निकालिन्थ्यो । पहिले ६० फिटमै पानी आउने भए पनि हाल १२० फिट तल जाँदा पनि पानी नआउने गरेको स्थानीय लक्ष्मण शाहीले गुनासो गरे। खानेपानीको धारा जडान नभएको र जमीनमुनिको पानी समेत आउन मुस्किल हुने गरेकाले परिवेश  मिनरल वाटर कम्पनीबाट लिन बाध्य हुनुपरेको स्थानीयवासीको दुःखेसो छ ।

स्थानीयवासी मासिक रु एक हजार तिरेर कम्पनीबाट पानी लिन बाध्य छन् । खानेपानी समस्या समाधानका लागि पूर्व वडाध्यक्ष वर्षाराम भण्डारीका पालादेखि नै अनुरोध गर्दै आए पनि समाधान हुन नसकेको शाहीले बताए। 

विभाग रहेको पानीपोखरीबाट नजिकै रहे पनि यहाँको १६० घरमा खानेपानीको धारा नभएको वडाध्यक्ष ख्यामराज तिवारीले स्वीकरे। समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले सबै घरमा धारा जडान गर्ने गरी बोलपत्र आह्वान गरेकाले केही समयमै समस्या समाधान हुने उनले बताए। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया