मिथिला लघुवित्तको नाफा १.६४ करोड, अन्य सुचक कस्तो ?

६ बर्ष अगाडि

काठमाडौं – मिथिल लघुवित्तले चालु आवको दोस्रो त्रैमासमा रू. १ करोड ६४ लाख ७० हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । गत आवको सो अवधीमा लघुवित्तले ७१ लाख ३३ खुद नाफा कमाएको थियो ।
यस्तै, लघुवित्तले हालसम्म रु. ३१ करोड ७९ लाख ५४ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीसम्म लघुवित्तले रु. २१ करोड १६ लाख २२ हजार निक्षेप संकलन गरेको थियो । 
लघुवत्तिको कर्जा प्रवाह भने रू. १ अर्ब १० करोड ४६ लाख रहेको छ । गत आवको सो अवधीमा लघुवित्तले रू. ७२ करोड ८९ लाख ४८ हजार कर्जा प्रवाह गरेको थियो । प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा अवधीमा रू.  ९ करोड २७ लाख ९ हजार कर्जा प्रवाह गरेको छ । 
हाल लघुवित्तको जगेडाकोषमा रू. ६ करोड ८६ लाख ८४ हजार पैसा रहेको छ । लघुवित्तको चुक्तापुँजी भने रू. १० करोड ५८ लाख ६१ हजार छ । 
अहिले लघुवित्तको प्रति शेयर आम्दानी ३१.१२, मुल्य आम्दानी अनुपात १९.७०, प्रतिशेयर नेटवर्थ १६४.८८, तरलता अनुपात १५.७६ प्रतिशत र प्रति शेयर कुल सम्पत्तिको मुल्य रु. १२३२.८२ रुपैयाँ रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया