आर्दश लघुवित्तको नाफा १२ लाख, अन्य सुचक कस्तो

६ बर्ष अगाडि

काठमाडौं – आर्दश लघुवित्तले चालु आवको दोस्रो त्रैमासमा रू. १२ लाख २ हजार नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । गत आवको सो अवधीमा लघुवित्तले ४ लाख ५६ खुद नाफा कमाएको थियो ।
लघुवित्तले हालसम्म रू. १० करोड ४० लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा लघुवित्तले रू. ७ करोड ४६ लाख निक्षेप संकलन गरेको छ । लघुवित्तको कर्जा प्रवाह भने रू. १२ करोड १४ लाख ६६ हजार रहेको छ । गतआवको सो अवधीमा कम्पनीले रू. ६ करोड ६४ लाख २१ हजार कर्जा प्रवाह गरेको थियो । 
प्रवाहित कर्जाबाट लघुवित्तले रू. १ करोड २२ लाख ६२ हजार कुल व्याज आम्दानी गरेको छ । हाल लघुवित्तको २९ करोड ३४ लाख बराबरको जगेडा कोष रहेको छ । चुक्तापुँजी भने रू. १ करोड ४० लाख रहेको छ ।   

६ बर्ष अगाडि

प्रतिक्रिया