एक सातामा नेपाल लाइफको मात्रै ३३ करोडको कारोबार, अन्य कम्पनीले कति कारोबार गरे ?

६ बर्ष अगाडि

यस साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स सबै भन्दा धेरै कारोबार गरेको छ ।

कम्पनीले यो साता ३३ करोड बराबरको कारोबार गरेको नेप्सेले जनाएको छ । 

यस साता अत्याधीक कारोबार गर्ने २० कम्पनीमा सबैजसो बैंक तथा वित्तीय र विमा कम्पनीहरु परेका छन् । यस साता सबै भन्दा बढी कारोबार गर्नेमा १० विमा कम्पनी रहेका छन् भने ४ बैंक, ५ लघुवित्त र १ सिमेन्ट कम्पनी रहेको छ । 

यस साता नेपाल लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै ३३ करोड ४२ लाख बराबरको शेयर कारोबार गरेको छ । त्यस्तै, ग्लोबल आईएमइ बैंकले २९ करोड ४२ लाख बराबरको कारेबार गरेको छ । त्यस्तै, सुर्य लाइफले २१ करोड ६८ लाख बराबरको कारोबार गरेको छ भने प्राइम लाइफले १७ करोड ९६ लाख बराबरको कारेबार गरेको छ । 

त्यस्तै, गुराँस लाइफले १७ करोड ६७ लाख बराबरको करेबार गर्दा प्रभु बैंकले १७ करोड ४५ लाख बराबरको कारेबार गरेको छ ।

त्यस्तै, एशियन लाइफले १६ करोड ९७ लाख, डिप्रोक्स लघुवित्तले १६ करोड ८२ लाख, शिखर इन्स्योरेन्सले १६ करोड ४१ लाख, ग्रामिण विकास लघुवित्तले १६ करोड ६ लाख, नाडेप लघुवित्तले १५ करोड ८४ लाख, नेको इन्सुरेन्स ले १४ करोड ८३ लाख, नेपाल बैंकले १४ करोड ४३ लाख बराबरको कारोबार गरेको छ ।

त्यस्तै, नेश्नल लाईफले १३ करोड ९८ लाख, शिवम् सिमेन्टले १२ करोड ५४ लाख, एमआइसी एसीया बैंकले १२ करोड ३३ लाख, एभरेष्ट इन्स्योरेन्सले १२ करोड १० लाख, छिमेक लघुवित्तले ११ करोड ५५ लाख, निरेडु लघुवित्तले ११ करोड ५३ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले १० करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया