काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ५ महिनामा बैदेशिक अध्ययन मार्फत मुलुकबाट रू. १४ अर्ब ७६ करोड रकम बाहिरीएको छ । अध्ययन भिषामा बिदेश पढ्न जाने नेपाली विद्यार्थीले यतिका रकम बाहिर लगेका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो बर्ष बैदेशिक अध्ययन मार्फत बाहिरीने रकम घटेको छ । गत आवको सो अवधीमा रू. २२ अर्ब १४ करोड रकम यसको नाममा बाहिरीएको थियो । तर, अहिले त्यो घटेर १४ अर्ब ७६ करोड रुपैयाँमा खुम्चिएको छ । गत आवमा कुल ४६ अर्ब ३२ अर्ब रकम बैदेशिक अध्ययनमा खर्च भएको देखिन्छ ।
जसअनुसार पछिल्लो १७ महिनामा विदेश पढ्न जाने नपालीले विद्यार्थीले रू. ६१ अर्ब ८ करोड रकम विदेश लगेको देखिन्छ ।
पछिल्लो समयमा बैदशिक अध्ययनको नाममा अनियमित रुपमा पैसा बाहिरीने गरेको थियो । त्यसको फल स्वरुप पनि नेपालको व्यालेन्स अफ पेमेन्ट अर्थात सोधनान्तर स्थित घाटामा गएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत बैदेशिक अध्ययनमा दिइने नोट सटहीको सुविधालाई कम गरेको थियो । साथै, भ्रमणमा दिइने नोट सटहीको सुविधालाई पनि कडाई गरेको थियो ।
फलस्वरुप चालु आवमा बैदेशिक अध्ययनमा हुने खर्च घटेको हो । साथै, यो बर्ष शोधनान्तर स्थीति पनि २३ अर्ब रुपैयाँ भन्दा बढीले नाफामा छ । जुन गत आवभर नै घाटामा थियो ।
प्रतिक्रिया