२७ अंकले बढ्यो नेप्से, ६ अर्ब ५४ करोड बराबरको कारोबार

६ बर्ष अगाडि

यस साता शेयर बजार मापक नेप्से परिसूचक २७.९१ अंकले उकालो लागेको छ । अघिल्लो साता परिसूचक १२.७६ अंकले ओरालो लागेर १२०० को बिन्दुमा झरेको थियो ।

साताको पहिलो दिन १२९७.४७ को बिन्दुबाट कारोबार सुरु गरेको नेप्से कारोबारको अन्तिम दिन सम्ममा आउदाँ १३२५.३८ को बिन्दुमा पुगेर बन्द भएको हो ।

यस साता परिसूचक उकालो लागेपनि कारोबार रकम भने अघिल्लो साताको तुलानामा घटे्को छ । अघिल्लो साता नेप्सेमा ८ अर्ब ५४ करोड बराबरको कारोबार भएको थियो भने यस साता १ करोड ६२ लाख बराबरको शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ५४ करोड बराबरको मात्र कारोबार भएको देखिन्छ । 

कारोबारका ५ दिन मध्य यस साता दुई कारोबारका दिन नेप्से परिसूचक ओरालो लागेको छ भने कारोबारको तिन दिन परिसूचक ओरालो लागेको छ  ।

कारोबारको पहिलो दिन नेप्से २०.७९ अंकले ओरालो लाग्दा ९६ करोडको कारोबार भएको थियो । त्यस्तै, कारोबारको दोस्रो दिन परिसूचक २३ अंकले उकालो लाग्दा ९१ करोड बराबरको मात्र कारोबार भएको थियो ।

कारोबारको तेस्रो दिन नेप्से ५.५२ अंकले उकाले लाग्दा १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुँदा चौँथो दिन ०.२७ अंकले ओरालो लाग्दा १ अर्ब २९ करोडको कारोबार भएको थियो ।

त्यस्तै, साताको अन्तिम कारेबारका दिन नेप्से परिसूचक १९.५१ अंकले उकालो लाग्दा १ अर्ब ९६ करोड बराबरको कारोबार भएको थियो ।

यस साता १८४ कम्पनी कारोबारका लागी आएका थिए भने औषतमा दैनिक १ अर्ब ३० करोड बराबरको कारोबार भएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया