नेपाल प्रहरीका एसएसपी राणा निलम्बित

६ बर्ष अगाडि

निर्मला बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोपमा नेपाल प्रहरीका एक सिनियर अफिसरसहित दर्जन हाराहारीका प्रहरी कर्मचारी निलम्बन र बर्खास्तीमा परेको घटना सेलाउन नपाउँदै अर्का एक सिनियर अफिसर पनि कारबाहीमा परेका छन् ।

यौन हिंसाको उजुरी परेपछि  एसएसपी शौरभ शमसेर राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो । 
उनी संघीय प्रहरी इकाई कार्यालय सुनसरीमा कार्यरत थिए । 

पदमै रहँदा उनले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया