नक्कली सर्टिफिकेट देखाएर डीएसपीसम्म बढुवा

६ बर्ष अगाडि

काठमाडौँ । बिहिबार प्रहरी नायब उपरीक्षक ९डीएसपी० अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डीएसपीसम्म बढुवा भएको पुष्टी भएको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।


शाहले परीक्षा नै नदिइ भारतबाट बि।ए। पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षक ९इन्सपेक्टर०मा बढुवा भई जागिर खाइरहेको भन्ने सूचना आयोगले पाएसँगै उनीमाथि अनुसन्धान थालेको थियो । 


अनुसन्धानको क्रममा शाहले मगध विश्वविद्यालय, बोधगया भारत अन्तर्गतको बिडी इभिनिङ कलेज पटना–१ बाट बि।ए। तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाएको आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


आयोगका अनुसार साहले ती प्रमाणपत्र बुझाई डीएसपीसम्म बढुवा भएको र सरकारी लाभ तथा सुविधा लिएको देखिएको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया