बगलुङ्गे युवा कल्याण बिक्रम आचार्यले लेखेको उपन्याश “युवा उद्यमी ” काठमाण्डौमा बिमोचन भएको छ । लेखकले आफ्नो २४ औं जन्मदिनको उपलक्षमा उद्यमशिलतामा आधारित उक्त उपन्यास पुस्तक विमोचन गर्नुभएको हो ।
ज्योति विकास बैंकको सी.ई.ओ. मनोज ज्ञवाली प्रमुख अतिथि रहेको उक्त समारोहमा,संविधानविद डा. भिमार्जुन आचार्य, नेपाल रास्ट्र बैंकका उप(निर्देशक शहदेव चन्द , अधिवक्ता नेत्र प्रसाद आचार्य ,वरिष्ठ पत्रकार यम विरही लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा उक्त उपन्यासको बिमोचन भएको हो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य यम बिरही, पुर्व प्रसासक दिल बहादुर घिमिरे, गायक तथा संगितकार अर्जुन पोखरेल, संगितकार राम सिटौला लगायतले बोलेका थिए । बागलुङ्गको जैमिनी नगरपालिका १ घर भई काठमाण्डौमा इभेन्ट व्यवसायमा आफ्नो परिचय बनाएका आचार्यले पहिलो उपन्याश बजारमा ल्याएका हुन् ।
उनी के. ई. ई. अर्गनाईजर्सका प्रबन्ध निर्देशक र उनी बिगत ५ बर्षदेखि इभेन्ट व्यवसायमा संलग्न हुनुहुन्छ । उनी साहित्यामा कविता, मुक्तक लेख्न रुचाउँने र गितकार पनि हुनुहुन्छ । उपन्यास तर्फ उनको यो पहिलो कृति हो ।
प्रतिक्रिया