गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

७ बर्ष अगाडि

सुर्नया गाउँपालिका कार्यालयमा स्थानीय युवाले तालाबन्दी गरेका छन् । गाउँपालिकामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यसअघि भदौ १ गते पनि सार्वजनिक सुनुवाइको माग गर्दै उनीहरूले प्रेस विज्ञप्ति जारी गरेका थिए ।

गत असारमै आर्थिक वर्ष ०७४÷७५ मा सम्पादन भएका क्रियाकलापका विषयमा नागरिकलाई जानकारी दिनुपर्ने भन्दै युवाले साउन महिनाको शुरुदेखि नै सार्वजनिक सुनुवाइको माग गर्दै आएकामा बेवास्था गरिएकाले तालाबन्दी गर्न बाध्य भएको सुर्नया कृषि अभियान युवा क्लबका अध्यक्ष नरेश बिष्टले बताए।

यसअघि उक्त क्लबले गत साउन १९ गते युवा स्वरोजगार बहसको आयोजना गरी युवाका माग गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग गरे पनि गाँउपालिकाले आगामी आव ०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवा शब्दसमेत उल्लेख नभएको युवाले बताएका छन् । 

गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले कर्मचारीका तर्फबाट जवाफ दिने प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरी ३५ दिने तालीमका क्रममा जिल्ला बाहिर रहेका कारण सार्वजनिक सुनुवाइ गर्न नसकिएको उहाँले बताए ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया