राष्ट्रबैंकले साढे २ अर्ब मुद्दतिमा लगानी गर्ने , बैक तथा वित्तिय संस्थाबाट प्रस्ताव आह्वान

६ बर्ष अगाडि

नेपाल राष्ट्रबैंकले साढे २ अर्ब रकम विभिन्न बैंक तथा वित्तिय संस्थामा मुद्दतिमा लगानी गर्ने भएको छ । 

राष्ट्रबैंकको उपादान तथा पेन्सन कोषमा रहेको रु २ अर्ब ५० करोड रकम मुद्दतिमा राख्ने भएको हो ।

सो रकम राख्न चाहे बैंक तथा वित्तिय संस्थाबाट प्रस्ताव पेश गर्न  राष्ट्रबैंकले प्रस्ताव आह्वान गरेको छ । 

सो रकम मध्ये ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १२ करोड ५० लाख, ख बर्गका विकास बैंकमा ३७ करोड ५० लाख र क वर्गका वाणिज्य बैंकहरुमा २ अर्ब लगानी गर्ने राष्ट्रबैंकले जनाएको छ । 

सो रकम मुद्दति निक्षेपको रुपमा लिन चाहने बैंक तथा वित्तिय संस्थाले राष्ट्रबैंकका १३ वटा सर्त पूरा गर्नुपर्ने छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया