माघ १७ गते एनसीसी बैंक र सिन्धु विकास बैंकको साधारण सभा

६ बर्ष अगाडि

एनसीसी बैंक र सिन्धु विकास बैंकको आफ्नो वार्षिक साधारण सभा शुक्रवार  बोलाएका छन। 

एनसीसीले सभामार्फत प्रस्तावित १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नै साधारण सभा बोलाएको हो ।

सभाका लागि एनसीसीले माघ ७ गते बुक क्लोज गरेको छ । यस आधारमा माघ ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । 

एनसीसीको सभा विहान ११ बजे आर्मी अफिसर्स क्लव, भद्रकालीमा शुरु हुनेछ । 

त्यस्तै सिन्धु विकास बैंकले सभामार्फत ११ दशमलव ५१ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत लाभांश सहित विविध प्रस्ताव पारित गर्नै साधारण सभा बोलाएको छ ।

बैंकको सभा विहान ११ः ३० बजे सिन्धुपाल्चोकमा शुरु हुनेछ । सभा प्रयोजनका लागि सिन्धु विकास बैंकले पुस १६ गतेदेखि बुक क्लोज गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीहरुले सिन्धुको लाभांश पाउनेछन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया