टोयोटा डिलर्स मिट २०२० सम्पन्न

५ बर्ष अगाडि

काठमाडौं– टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटद्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ । 

गत सोमबार पोखरा स्थित होटल बाराहीमा संचालन गरिएको उक्त बैठकमा यु.टी.एस.की प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री।एस। डिलरहरुले सहभागिता जनाएका थिए ।

उक्त भेलाको उद्देश्य यु.टी.एस.ले वर्षौदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अभैm व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो । 

ग्राहकमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ । 

अधिराज्यभर फैलिएको बिक्री वितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको विश्वाशिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविश्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको छ ।      


 

५ बर्ष अगाडि

प्रतिक्रिया