हकप्रद निष्काशन गर्न शिखर इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति

६ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले शिखर इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ। 

यस अघि कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

अब कम्पनीले माघ १४ गते १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न पाउने भएको छ ।

कम्पनीको शेयर बिक्रीप्रबन्धक  एनआईबिएल क्यापिटल रहको छ।

हाल १ अर्ब ५ करोड चुक्तापूँजी रहेको कम्पनीको हकप्रद बिक्रीपश्चात पूँजी  १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया