बुध्द एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालीन उडानलाई पुनः सञ्चालन गरेको छ । यसअघि मौसम तथा भिजिविलटीका कारण उडान स्थगित गरेको थियो ।
फेब्रअरी 1 देखि (18 माघ) काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान 7:35 मा गर्न लागेको बुध्द एयरले जनाएको छ ।
यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकि विराटनगर फर्किने यात्रुहरुलाई फाइदा पुग्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
कम्पनीको वेवसाईट www.buddhaair.com र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक छुट पनि पाईने जनाएको छ ।
प्रतिक्रिया