जीवन बीमा बजारले उठायो १४.२८ अर्ब प्रथम बीमाशुल्कः नयाँमा रिलायवल अगाडि आयो, युनियन पछाडी पर्दै

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ६ महिनामा १९ जीवन बीमा कम्पनीले रू. ४६ अर्ब ८९ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार कम्पनीहरुले रू. १४ अर्ब २८ करोड बराबको प्रथम बीमाशुल्क स्ंकलन गरेका छन् ।
यस्तै, नविकरण बीमाशुल्क रु. ३० अर्ब ९९ करोड र बैदेशिक रोजगार बीमाशुल्क रु. १ अर्ब २२ करोड रहेको समितिको तथ्यांकले देखाउछ । 
कुल बीमाशुल्क संकलनको आधारमा नेपाल लाइफ सबैभन्दा अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले समिक्षा अवधीसम्म रू. १३ अर्ब ९६ करोड बीमाशुल्क संलकन गरेको छ । नेपाल लाइफले नेपाली बीमा बजारमा सदावहार रुपमा अग्र स्थानमा आफुलाई उभ्याउन सफल भएको छ । 
यस्तै, एलआईसी नेपालले रु. ७ अर्ब ६९ करो, राष्ट्रिय बीमा संस्थाले ५ अर्ब ८३ करोड र नेशनल लाईफले ३ अर्ब ९५ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरि २ बर्ष अघि सञ्चालनमा आएको युनियन लाइफ समग्र रुपमा ५ औं स्थानमा आएको छ । उक्त कम्पनीले रु. २ अर्ब ४१ करोड बीमाशुल्क संकलन गरेको छ । समिक्षा अवधीमा सबैभन्दा १० कम्पनीले १ अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।
यस्तै, प्रथम बीमाशुल्क संकलनको आधारमा पनि नेपाल लाइफ नै अग्र स्थानमा छ । नेपाल लाइफले यो बर्ष नयाँ बीमितहरुबाट रू. ४ अर्ब बीमाशुल्क संकलन गरेको छ । यस्तै, एलआईसी नेपालले रु. १ अर्ब ७० करोड, नेशनल लाइफले १ अर्ब प्रथम बीमाशुल्क संकलन गरेको छ । 
नयाँ जीवन बीमा कम्पनी मध्ये रिलायवल नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको  । उक्त बीमा समिक्षा अवधीमा ६० करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो स्थानमा रहेको ज्योति लाइफ र सिटिजन लाइफेल रू. ५१÷५१ करोड प्रथम बीमाशुल्क संकलन गरेको छन् । नयाँ कम्पनीमा कुल बीमाशुल्क संकलनमा अग्र स्थानमा रहेको युनियन लाइफले भने प्रथम बीमाशुल्क संलकनमा भने पछि परेको छ । उक्त कम्पनीले यो अवधीमा ४० करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । प्रथम बीमाशुल्क संकलन गर्ने मामलामा केही नयाँ कम्पनीले प्राइम, गुरासँ, सुर्या लाइफलाई पनि पछि पारेका छन् ।

 

कुन कम्पनीको कति कुन बीमाशुल्क


कुन कम्पनीको कति प्रथम बीमाशुल्क


 

६ बर्ष अगाडि

प्रतिक्रिया