आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा १७।१९ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ १७ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १३०६.१५ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३२३.७५ को बिन्दुमा झरेको छ । आज ११ बजे को १३०६.१५ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.३२ प्रतिशतले बढे्को छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६६ कम्पनीको १६ लाख ५८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ७७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया