श्रृङ्खलाको फेसबुकबाट प्रधानमन्त्रीको आलोचना, एमसीसीले नुनतेल, दाल सिध्याएर जान्छ

६ बर्ष अगाडि

फ्रान्सका लागि नेपाल सरकारकी पर्यटन दुत श्रृङ्खला खतिवडाको फेसबुक पेजबाट सरकारको चर्को बिरोध गरिएको छ ।  

पूर्व मिस नेपाल श्रृङ्खलाको फेसबुक पेजबाट प्रधानमन्त्रीलाई तथानाम भनेर आलोचना गरिएको हो । 

उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाकी छोरी हुन् । 

पेजमा प्रधानमन्त्रीले लामो समयसम्म काम सुको नगरेको, हावादारी गफ गरेको, देशलाई अर्काको हातमा सुम्पन खोजेको, स्वाभिमान गुमाएर अमेरिकासँग सम्बन्ध राख्न लागेको लगायतका विषय लेखिएको छ । 

‘दुई हैन तीन बर्ष बितिसक्दा पनि काम सुक्को नगर्ने खाली हावादारी गफ दिने, उल्टो देश नै अर्काको हातमा सुम्पनु खोज्ने समाननीय प्रधानमन्त्रीलाई तपाईंको भनाइ के छ?’, श्रृङ्खला खतिवडा नामको एउटा फेसबुक पेजमा लेखिएको छ । 

त्यस्तै एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसको बिरोध समेत उनको पेजबाट गरिएको छ । 

‘स्वाभिमान गुमाएर छ लेनको बाटो बनाउनु छैन हामिलाई चिनसँग दुस्मनी कमाउनु छैन नुन,तेल पैचो दिने र मागिन्ने छिमेकि नै हो’, पेजमा लेखिएको छ, ‘एकदिन हामीसँग भएको दाल, नुन, तरकारी सिध्याएर जाने छ । त्यो दिन हाम्रो पीडा सहिनस्क्नुको हुनेछ ।’ 

खतिवडाको पेजबाट आफूलाई पर्यटन दुत बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको पनि आलोचना गरिएको छ । उनको पेजमा आफन्तलाई जागिर खुवाएको र अष्ट्रेलियामा आगलागीको बेला प्रचारको कार्यक्रम भनेको भन्दै आलोचना गरिएको छ । 

https://www.facebook.com/Shrinkhala-Khatiwada-1882061171843826 मा खुल्ने साे पेज उनकाे नभइ कसैले उनकाे नाममा बनाएर दुरूपयाेग गरेकाे हुन सक्ने भएकाेले छानविन गरी कारबाही गर्नुपर्ने सराेकारवालाहरूकाे माग छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया