पहिलो घण्टामा दोहोरो अंकले बढ्यो नेप्से, २८ करोडको कारोबार

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा ११.८५ अंकले उकालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ११ अंकको हारहारीमा उकालो लागेको हो ।

आज १३०६.१५  को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३१७.७५ को बिन्दुमा झरेको छ । आज ११ बजे  को १३०६.१५  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.९१ प्रतिशतले बढे्को छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १४८ कम्पनीको ६ लाख २५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया