सनराइज बैंकलाई ९४ करोड नाफो, ब्याज आम्दानी पनि २ अर्ब नाघ्यो

६ बर्ष अगाडि

सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।

यस अवधीमा बैंकले ९४ करोड ४३ लाख रपैयाँ बराबरको नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसी अवधीको तुलानामा १५ करोड १६ लाख धेरै हो ।अघिल्लो आवको दोस्रो त्रैमासमा बैंकले ७९ करोड २७ लाख बराबरको खुद नाफा आर्जन गरेको थियो । 

त्यस्तै, यस अवधीमा बैंकले आफ्ना खुद ब्याज आम्दानीमा पनि वृद्धि गरेको छ । गत आवमो यसै अवधीमा १ अर्ब ७२ करोड ब्याज आमदानी गरेको बैंकले चालु आवमा ३२ करोडले बढाएर २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, बैंककले यस अवधीमा ८२ अर्ब १५ करोड बराबरको निक्षेप संकलन गरेको छ । त्यस्तै बैंकले यस अवधीमा बैंकले ७५ अर्ब ५८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । 

त्यस्तै बैंकले यस अवधीमा ५१ करोड ९० लाख रुपैयाँ बराबरको वितरण यनेग्य मुनाफा आर्जन गरेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड रुपैयाँँ रहेको छ भने चुक्ता पूँजी ८ अर्ब ९६ करोड रुपैयाँँ रहेको छ ।

त्यस्तै, यस अवधीमा बैंकको प्रतिशेयर आम्दानी २१।०६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४२.२६ रुपैयाँ रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया