बैकिङ क्षेत्रमा तरलता बढ्दै, राष्ट्र बैंकले दिँदै छ पैसा

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय सस्थामा रू. १० करोड ४८ लाख पैसा निक्षेपमा राख्ने भएको छ । राष्ट्रा बैंकले बिभिन्न कोषमा रहेको उक्त रकम एक बर्षको लागि मुद्दती निक्षेपमा राख्ने भएको हो । 
त्रैमासिक रुपमा व्याज भुक्तानी हुने शर्तमा राष्ट्र बैंकले आगमी फागुन १ गतेदेखि ३६७ दिनका लागि उक्त रकम निक्षेपमा राख्न लागेको हो । यसका लागि इच्छुक बैंक तथा वित्तिय संस्थाहरुले शुक्रबार १२ः३० सम्म आवेदन दिनुपर्ने बताउँदै राष्ट्र बैंकले सुचना जारी गरेको छ । बैंक तथा वित्तिय सस्थाले लिन चाहेको रकम र दिन सक्ने व्याज उल्लेख गरि तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ ।
राष्ट्र बैंकले ‘क’ बर्गका बैंकमा कुल रू. ८ करोड ३२ लाख पैसा राख्ने भएको छ । यस्तै, विकास बैंकमा रू. १ करोड ५८ लाख र ‘ग’ बर्षको बैंकमा ५२ लाख रुपैयाँ निक्षेप राख्ने बताइएको छ ।
सञ्चालनमा आएको दुई बर्ष पुरा बैंकको बैंक तथा वित्तिय संस्थाले यसमा आवेदन दिन सक्ने छ । साथै, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको  बैंक हुनुपर्ने  लगायतका मादण्ड तोकिएको छ ।
यस्ता छन् शर्तहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया