नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा शुल्कमा लाग्ने ब्याजमा छुट

६ बर्ष अगाडि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुलाई बीमा शुल्कमा लाग्ने ब्याजमा छुट दिने भएको छ । 

उक्त कम्पनीले आफ्ना बीमितहरुलाई मध्ये नजर गर्दै बिबिध कारणले बीमालेख नबिकरण गर्न छुटेकालाई  माघ १० गतेदेखि चैत २८ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गरि बीमा लेख सूचारु गरेमा ब्याज छुट प्रर्दान गर्नै  कम्पनीले जानकारी दिएको छ।

बिमालेख सूचारु गर्न चाहने बिमितले ३ वर्षसम्म ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ३५ प्रतिशत र ३ वर्ष भन्दामाथि ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा २५ प्रतिशत ब्याज छुट दिने छ ।यस कम्पनीका देशभर एक सय २५ भन्दा बढी शाखा उपशाखाहरु रहेका छन ।

६ बर्ष अगाडि

प्रतिक्रिया