काठमाडौं – नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले चालु आवको दोस्रो त्रैमासमा रू. ९ करोड २५ लाख ४६ हजार नाफा कमाएको छ । यो गत आवको सो अवधीको भन्दा ६१.६८ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रू. ५ करोड ७२ लाख ४० हजार खुद नाफा कमाएको थियो ।
लघुवित्तले हालसम्म रु. १ अर्ब ४८ करोड ७६ लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा सो लघुवित्तले रू. ९७ करोड ५१ लाख २६ हजार निक्षेप संकलन गरेको छ ।
यस्तै, लघुवित्तले हालसम्म रू. ३ अर्ब ९३ करोड ३२ लाख बराबरको कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीमा लघुवित्तले रू. २ अर्ब ९१ करोड ४८ लाख कर्जा प्रवाह गरेको थियो । उक्त कर्जा मार्फत लघुवित्तले समिक्षा अवधीमा रू. ३५ करोड ७७ लाख कुल व्याज आम्दानी गरेको छ ।
लघुवत्तिले हालसम्म आफ्नो जगेडा कोषमा रू. २२ करोड ५१ लाख ५५ हजार रकम जम्मा गरेको छ । साथै, चुक्तापुँजी भने रू. २६ करोड ४० लाख ४५ हजार पुगेको छ । गत आवको समिक्षा अवधीमा उक्त लघुवित्तको चुक्तापुँजी रू. १५ करोड ८ लाख ८३ लाख थियो ।
कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक रिपोर्टले यस्तो देखाएको हो । तथ्यांकअनुसार लघुवित्तको प्रति शेयर आम्दानी ७०.६८, मुल्य आम्दानी अनुपात १९.६८, प्रतिशेयर नेटवर्थ १८५.२७, प्रति शेयर कुल सम्पत्तिको मुल्य १८५८.९० र तरलता अनुपात २१.६७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया