काठमाडौं – आशा लघुवित्त वित्तिय संस्थाले चालु आवको पहिलो त्रैमासमा रु. २ करोड ७० लाख ७९ हजार खुद नाफा कमाएको छ । यो गत आवको भन्दा २३१.६६ प्रतिशत भन्दा कम हो । गत आवको सो अवधीमा लुघवित्तले रू. ८१ लाख ६४ हजार नाफा कमाएको थियो ।
यस्तै, लघवित्तले यस अवधीसम्ममा रू. ६५ करोड ९५ लाख ४६ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधी रू. ३४ करोड ७५ लाख ३७ हजार निक्षेप संकलन गरेको थियो ।
यस्तै, लघुवित्तले यस अवधीमा रू. २ अर्ब १९ करोड ५७ लाख ८२ हजार कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीसम्ममा लघुवित्तले रू. १ अर्ब ५६ करोड ३९ लाख कर्जा प्रवाह गरेको छ । समिक्षा अवधीमा लघुवित्तले रू. १७ करोड ७७ लाख ३१ हजार कुल व्याज आम्दानी गरेको छ ।
लघुवित्तले हालसम्म आफ्नो जगेडा कोषमा रु. ६ करोड २९ लाख ९१ हजार रकम जम्मा गरेको छ । यस्तै, लघुवित्तको चुक्तापुँजी भने रु. २३ करोड २२ लाख ८८ हजार पुगेको छ । गत आवको सो अवधीमा लघुवित्तको चुक्तापुँजी रु. १४ करोड रहेको थियो ।
कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक रिपोर्टले यस्तो देखाएको हो । तथ्यांकअनुसार लघुवित्तको प्रति शेयर आम्दानी २३.३२, मुल्य आम्दानी अनुपात २५.५६, प्रतिशेयर नेटवर्थ १२७.१२, प्रति शेयर कुल सम्पत्तिको मुल्य १०२३.६८ र तरलता अनुपात १३.८१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया