क्यासिनो खेल्न आउने बंगलादेशीको काठमाडौँमा हत्या

६ बर्ष अगाडि

काठमाडौँ। साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्यामा उनकै साथीको संलग्नता रहेको खुलासा भएको । बंगलादेशी नागरिक मोहिद्दिन अहम्मदको गत माघ ७ गते सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या भएको थियो । 
प्रहरी अनुसन्धानका क्रममा हत्यामा उनकै साथी दुल्लाहमियाँको संलग्नता रहेको खुल्न आएको हो । हत्यापछि उनी सडकमार्ग हुँदै भारततर्फ भाग्न सफल भएको पनि प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार क्यासिनोको लत लागेका मोहिद्दिन गत माघ ६ गते साथी दुल्लाहमियाँलाई लिएर हिमालय एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए भने सोही रात होटलमा दुई जना मिलेर मदिरा सेवन गरेका थिए । 
मदिरा सेवनका क्रममा आपसी विवाद भएको र सोही क्रममा एकाएक ४५ वर्षीय मोहिद्दिन सुतेपछि त्यही मौकामा दुल्लाहमियाँले दाहिने आँखामा नखोलिएकै मदिराको बोतलले प्रहार गरेका थिए । त्यसपछि बेहोस बनेका मोहिद्दिनलाई दुल्लाहमियाँले फुटेको बोतलका सिसाहरु मुखमा कोचाएर विभत्स हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ । 
घटना माघ ७ गते बिहान ५ बजेतिरको भएपछि होटल सञ्चालकले त्यसको भोलिपल्ट अर्थात ८ गतेमात्रै खबर गरेका थिए । प्रहरीले घटना रहस्यमय भएको भन्दै सुरुमा होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको भएपनि साथीको संलग्नता देखिएको भन्दै होटल सञ्चालकलाई रिहा गरिसकेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया