सिरिहा जिल्लामा गत २०७५ माघ १ गते यता जन्मिएका ९६६ छोरीको बीमा गरिएको छ ।
प्रदेश नम्बर २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सिरहाका विभिन्न स्थानीय तहमा सम्पन्न छोरी शिक्षा बीमा शिविरमा ती छोरीको बीमा गरिएको हो ।
जिल्लाका विभिन्न पाँच स्थानीय तहमा शिविर चलाई छोरीको बीमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए। सिरहा नगरपालिकामा ४९०, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकाका चार वडामा ६६, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बीमा गरिएको थियो ।
प्रतिक्रिया