को हुन् प्रधानन्यायाधीशमा सिफारिस  मिश्र ? यस्तो छ नालीबेली

७ बर्ष अगाडि

काठमाडौँ–संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ ।  बिहीबार साँझ बसेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्र प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । 

संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि तत्कालीन कायम मुकायम प्रधानन्यायाधीश जोशी बिदामा बसे । जोशी बिदामा बसेपछि वरिष्ठतम् न्यायाधीशका रुपमा मिश्रले न्यायलयको नेतृत्व गरिरहेका छन् । 
२०३८ सालमा कानुन समूहमा शाखा अधिकृतका रुपमा सरकारी सेवा प्रवेश गरेका  मिश्र २०४२ वैशाखमा जिल्ला अदालतको अत्तिरिक्त न्यायाधीशमा नियुक्त भएका थिए । त्यसको पाँच वर्षपछि उनी जिल्ला अदालतमा स्थायी न्यायाधीश बनेका थिए । उनी २०६२ फागुनमा तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । 
मिश्र ०७१ जेठ १३ मा सर्वोच्चमा स्थायी न्यायाधीश नियुक्त भएका हुन् । 
प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीश सेवा रहन पाउने अधिकतम् उमेर हदका कारण उनको आउँदो पुस १८ गतेसम्म पदभार रहनेछ । उनले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नात्तकोत्तर गरेका छन् । 
्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण गरेका छन् । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया