नेप्से झिनो अंकले ओराला लाग्यो

६ बर्ष अगाडि

आज नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ ।

कारोबारको केही समय बाटै उकालो लागेको नेप्से पहिलो घण्टाको अन्तिम समयमा ५ अंकको हारहारीमा उकालो लागेको थियो । 

त्यस पछि कारोबारमा घटबढ हुदाँ कारोकारको अन्तिम समयमा परिसूचक ०.२७ अंकको हारहारीमा ओरालो लागेको हो ।

आज १३०६.१५ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने अन्तिम समय सम्म आउदाँ १३०५.८८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै आज कारोबार भएको सेन्सेटिभ इन्डेक्स  पनि ०.४८ अंकले ओराले लागेको छ ।

आज कारोबारमा आएका १२ उप समूह मध्य ४  उपसमूह बढे्का छन् भने ८ उप समूह घटे्का छन् ।

त्यस्तै आज कारोबार भएका १७६ कम्पनीको २८ लाख ७८ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया