विदेशबाट डेढ करोडको पानी ल्याएर पिउँछन नेपाली

६ बर्ष अगाडि

काठमाडौं – नेपाल विश्व जलस्रोतको दोस्रो धनी देश हो, जसअनुसार नेपालमा पानी पर्याप्तमा मात्रामा छ । यो अवस्थामा नेपालमा विदेशदेखि पानी आयात हुन्छ पत्यार नलाग्न सक्छ । तर, यो कुरा पत्याउनुपर्ने बाध्यता नै छ । 

सरकारले पर्याप्त जलस्रोत हुँदा हुदैं पनि त्यसको सही ढंगले परिचालन गर्न सकेको छैन । जसको फलस्वरुप नेपालले बर्षाैदेखि विदेशी मुलुकाबट खानी पानी आयात गर्दै आएको छ ।

पछिल्लो पाँच आर्थिक बर्षको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा बार्षिक औषतमा रू. १ करोड ६० को मिनिरल वाटर र चिनी जस्ता पदार्थ समाबेश नभएको पानी आयात भएको छ । आव २०७१÷७२ देखि आव २०७५÷७६ सम्म रू. ८ करोड १ लाख ९६ हजारको पानी आयात भएको छ । 

गत आवमा मात्र रू. १ करोड ४७ लाख ९२ हजारको पानी आयात भएको व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ । नेपालमा आफैमा प्रकृतिले सम्पन्न मुलुकको हो  । तर, युएई जस्ता खाडी मुलुकबाट समेत नेपालले पानी आयात गरको छ । तथ्यांकअनुसार नेपालमा अमेरिका देखि फ्रान्ससम्मको पानी आयत भएको छ । गत आवमा नेपालले अमेरिकाबाट ५८ हजार ५०४ रुपैयाँको पानी आयत गरेको छ । 

युएई जस्तो खाडी मुलुकबाट पनि नेपलले रू. १ लाख ९२ हजार २१२ को पानी आयात गरेको छ । यस्तै, नेपालले जापन, चाइना, फ्रान्स, भारत, मेलिसयाबाट यस्तो पानी आयात गर्दै आएको छ । तथ्यांकअनुसार प्रकृति धनी मुलुक नेपालले खाडी मुलुकबाट समेत पानी आयात गरेको छ । 
 

हेर्नुहाेस् तथ्यांक :

६ बर्ष अगाडि

प्रतिक्रिया