काठमाडौं – सारथी लघुवित्त वित्तिय संस्थाले चालु आवको दोस्रो त्रैमाससम्मा रू. ३ करोड ११ लाख ६५ हजार खुद नाफा कमाएको छ । यो गत आवको भन्दा ६२२.६९ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रु. ४३ लाख १२ हजार नाफा कमाएको थियो ।
लघुवित्तले पुससम्म रू. ३४ करोड ३७ लाख ५२ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा लघुवित्तले रु. १० करोड ८ लाख बराबरको निक्षेप संकलन गरेको थियो ।
समिक्षा अवधीमा लघुवित्तले रु. १ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीसम्ममा रु. ४७ करोड ९० लाख कर्जा प्रवाह गरेको लघुवित्तको भनाइ छ । समिक्षा अवधीमा रू. १० करोड २५ लाख कुल व्याज आम्दानी गरेको छ ।
कम्पनीले आफ्नो जगेडा कोषमा रू. ४ करोड ६२ लाख १२ हजार रकम जम्मा गरेको छ । चुक्तापुँजी भने रु. ११ करोड ४ लाख २५ हजार पुगेको देखिन्छ ।
गत आव र चालु आवको समिक्षा अवधीको अधिकांश परिसुचक तुलना गर्दा लघुवित्तको पछिल्लो व्यवसायीक गतिविधि उच्च देखिएका छन् । अधिकांश परिसुचक उच्च मात्रामा बढेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया