काठमाडौं – नेपाली बजारमा रू. ५ खर्ब १ अर्ब ७२ करोड १३ लाख बराबरको नोट चलन चल्तीमा रहेका छन् । हालसम्म राष्ट्र बैंकले रु. ५ खर्ब १४ अर्ब ६४ करोड ७९ लाख बराबरको नोट छपाएको थियो । त्यसमध्ये बिभिन्न दरका यतिका बराबरको पैसा चलनचल्तीमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको पुस महिनाको मासिक वित्तिय विरणले यस्तो देखाएको हो । वित्तिय विवरणअनुसार हाल राष्ट्र बैंकसँग रू. १२ अर्ब ९२ करोड ६२ लाख बराबरको नयाँ नोट मौज्दातमा रहेको छ ।
उक्त नोट निष्काशनका लागि राष्ट्र बैंकले रु. ५ खर्ब १४ अर्ब बरारबको विदेशी मुद्रा र सेक्युरिटी राखेको छ ।
प्रतिक्रिया