सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ३ करोड, वितरणयोग्य भने नाफा कति ?

६ बर्ष अगाडि

काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासमा रु. ३ करोड ४ लाख ७ हजार खुद नाफा कमाएको छ । गत आवको समिक्षा अवधीमा बैंकले रु. १ करोड ५० लाख ७४ हजार यस्तो नाफा कमाएको थियो । जसअनुसार समिक्षा अवधीमा बैंकको नाफा दोव्वर मात्रामा बढेको देखिन्छ छ । बैंकको वितरणयोग्य नाफा भने रू. २ करोड ४ लाख रहेको छ । 
बैंकले हालसम्म रू. २ अर्ब ७६ करोड ९९ लाख ९४ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा बैंकले रु. २ अर्ब ५६ करोड १८ लाख निक्षेप संकलन गरेको थियो, जसअनुसार बैंकको निक्षेप संकलनमा भने न्यून सुधार देखिन्छ । 
यसैगरि बैंकले ग्राहकहरुलाई रु. २ अर्ब ६५ करोड १० बराबरको कर्जा प्रवाह गरेको छ । गत आवको समिक्षा अवधीमा बैंकले रु. २ अर्ब ५३ करोड ४१ लाख बराबरको कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधीमा बैंकले रु. २१ करोड ८९ लाख ८ हजार व्याज आम्दानी गरेको छ ।
बैंकको बेस रेट भने १२.६९ प्रतिशत रहेको छ । यस्तै, प्रतिशेयर आम्दानी रु. ७.७३, प्रति शेयर कुल सम्पत्तिको मुल्य रु. ४९७.१९, प्रतिशेयर नेटवर्थ रु. ११९.७३, तरलता अनुपात ३७.३१ प्रतिशत, मुल्य आम्दानी अनुपात १७.८६ र पुँजीकोष अनुपात ३३.५७ प्रतिशत रहेको छ ।   
बैंकले कर्मचारी तथा सञ्चालमा खर्चमा भएको बृद्धि, दक्ष कर्मचारकिो निरन्तता र कर्मचारी दक्षता अभिबृद्धिमा समस्या देखिएको बताएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया