रौतहटमा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन ।
गएराती इशनाथ नगरपालिका १ बन्जरा स्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा प्रहरी र भारतीय अपराधिक समसहबीच गोली हानाहान भएको हो ।
गोली हानाहान हुदाँ भारत मोतिहारी जतौलिया ग्राम पन्चायतकाका शेख चाँद अली घाइते भएको रौतहत प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।
राति बाह्रबजेको समयमा प्रहरी गस्ति टोली र अपराधी समूहबीच जम्काभेट हुँदा गोली चलेको प्रहरीले जनाएको छ ।
उक्त समुहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका प्रहरीले बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया