काठमाडौं – त्रिलोक लघुवित्त वित्तिय संस्थाले चालु आवको दोस्रो त्रैमासमा रू. १ करोड ५७ लाख ८७ हजार खुद नाफा कमाएको छ । यो गत आवको भन्दा ४७३.५२ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रू. २७ लाख ५२ हजार खुद नाफा कमाएको थियो ।
लुघवित्तले पुससम्म रू. २२ करोड १९ लाख ५ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा उक्त लघुवित्तले रू. ६ करोड २२ लाख ९ हजार निक्षेप संकलन गरेको थियो । यस्तै, लुघवित्तले हालसम्म रु. ८५ करोड २६ लाख ५३ हजा कर्जा प्रवाह गरेको छ । गत आवको समिक्षा अवधीमा लघुवित्तले रु. ३७ करोड ३ लाख ५० हजार कर्जा प्रवाह गरेको थियो । एक बर्षको अवधीमा लघुवित्तको कर्जा प्रवाह दोब्बर मात्रामा बढेको देखिन्छ । उक्त कर्जाबाट लघुवित्तले यो अवधमिा रु. ७ करोड २२ लाख ५२ हजार कुल व्याज आम्दानी गरेको छ ।
लघुवित्तले हालसम्म जगेडाकोषमा रू. २ करोड १ लाख ६२ हजार रकम जम्मा गरेको छ । लघुवित्तको चुक्तापुँजी भने रु. ९ करोड ९ लाख ५२ हजार रहेको छ ।
प्रतिक्रिया