काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनीले चाल आर्थिक बर्षको पहिलो त्रैमासमा रु. ४० करोड ६५ लाख कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सो अवधीमा कम्पनीले रू. १२ करोड १३ लाख यस्तो शुल्क संकलन गरेको थियो, जसअनुसार कम्पनीको बीमाशुल्क संकलन २३५.१३ प्रतिशतले बढेको देखिन्छ ।
कम्पनीले यस अवधीमा कुल ५२ हजार ९५४ बीमालेख जारी गरेको छ । साथै, ९६६ बीमालेख नविकरण गरेको छ । कम्पनीको खुद बीमाशुल्क संकलन भने रू. १६ करोड ७७ लाख रहेको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
यस्तै, कम्पनीले समिक्षा अवधीमा रू.२ करोड ३१ लाख खुद नाफा कमाएको छ । गत आवको सो अवधीमा कम्पनीले रू. १ करोड २३ लाख नाफा कमाएको थियो ।
कम्पनीले दिर्घकालिन रुपमा रु. २ लाख मात्र लगानी प्रवाह गरेको छ । अल्पकालिन रुपमा भने १ अर्ब २० लाख लगानी गरेको छ । २०७५ असारमा मात्र सञ्चालनमा आएको यस कम्पनीले जगेडा कोष्मा रू. २ करोड ७९ लाख पैसा जम्मा गरेको छ । यसैगरि बीमा कोषमा रु.४ करोड २१ लाख र महाविपत्ति कोषमा रू. ५१ लाख पैसा जम्मा गरेको छ । कम्पनीको चुक्तापुँजी भने रू. ७० करोड रहेको छ ।
प्रतिक्रिया