तीन विधेयक पेश

६ बर्ष अगाडि

राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन्  ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७६ र भ्रष्टाचार निवारण ९पहिलो संशोधन विधेयक०, २०७६ तथा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गरे। 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरे। 

बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजङग कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले  बैठकमा सो शोकप्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक यही माघ १९ गते बिहान ११ बजे बस्नेछ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया