निर्मला पन्त हत्याकाण्ड : गृहमन्त्रीसँग गुहार

७ बर्ष अगाडि

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याका बारेमा निष्पक्ष छानबिनको माग गर्दै प्रदेश नम्बर ७ का संघीय संसदका सांसदहरुले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् । 
उनीहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ६ बुँदे मागपत्र नै बुझाएका छन् ।
ज्ञापनपत्रमा प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठेको भन्दै दोषी भनिएका व्यक्तिमाथि स्थानीयले अविश्वास गरेकाले आन्दोलन चर्कदै जाँदा सीमाबाहिर पुग्न सक्ने खतरा बढेकाले समयमै सचेत रहन गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । 
त्यस्तै घटनाको सत्यतथ्य पत्तालगाई दोषीमाथि कडा कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिर्नुपर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले उपचार गर्नुपर्ने, जनताको शान्तिपूर्ण आन्दोलनमा भएको प्रशासनिक दमन बन्द गर्नुपर्ने र घटनाबारे आधिकारिक जानकारी मन्त्रालयले जनाकारी गराउनुपर्ने माग छन् । 
६ बुँदे ज्ञापन पत्र बुझाउन नेकपाका नेताहरु लेखराज भट्ट, निरु पाल लगायतको टोली पुगेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया