१८ बीमा कम्पनीले उठाए पौने १४ अर्ब बीमाशुल्कः शिखर अग्र स्थानमा, ४ कम्पनीको अर्ब क्लवमा

६ बर्ष अगाडि

काठमाडौं – निजी क्षेत्रका १८ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा कुल रू. १३ अर्ब ८३ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार उक्त कम्पनीहरुले पुस महिना मात्र २ अर्ब ६७ करोड बीमाशुल्क संकलन गरेका छन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले भने बीमा समितिमा तथ्यांक बुझाएको छैन । तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा बढी रू. १ अर्ब ८२ करोड बीमाशुल्क संकलन गरेको छ । यस अवधीमा ४ कम्पनीले रू. १ अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।

अर्ब भन्दा बढीको बीमाशुल्क संकलन गर्नेमा शिखर सहित सगरमाथा, नेको र सिद्धार्थ छन् । सगरमाथाले रू. १ अर्ब २४ करोड, नेकोले रु. १ अर्ब १६ करोड र सिद्धार्थले रू. १ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेका छन् ।
यस्तै, एक बर्ष अघि सञ्चालनमा आएका जनरल, सानिमा र अजोड इन्स्योरेन्सले मात्र ८९ करोड बीमा शुल्क उठाएका छन् । 
नयाँ कम्पनीमा अजोड इन्स्योरेन्स राम्रो देखिएको छ । अजोड इन्स्योरेन्सले समिक्षा अवधीमा रू. ४१ करोड बीमाशुल्क उठाएको छ । उक्त कम्पनीले पुरानो कम्पनी युनाइटेड इन्स्योरेन्सलाई पनि पछि पारेको छ । युनाइटेडले रू. ३६ करोड बीमाशुल्क उठाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया