क्वाड बाइकको बीमा गर्ने पोलिसी ल्याउँदै बीमा समिति

६ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले २०० सिसीको क्वाड बाइकको बीमा गर्ने पोलिसि ल्याउने भएको छ । मोटर बीमा सम्बन्धी प्रचलित बीमा पोलिसीले उक्त बाइकको बीमालाई समेट्न नसकेपछि समितिले छुट्टै पोलिसी बनाउन लागेको हो । 
बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले क्वाड बाईकको बीमा गर्ने नीति ल्यानने तयारी भइरहेको बताए । उक्त पोलिसीलाई अब छिट्टै लागू गर्ने उनको भनाइ छ ।
सामान्यतया यो पर्यटकलाई लक्षित गरेर युएई लगायतका मुलकको मरुभुमिका चलाइने बाइक हो । यो पर्यटककले अत्यन्त रुचाएको चारपांग्रे बाइक हो । तर, अहिले यो बाइक नेपालमा पनि प्रचलनमा आइसकेको छ । पर्यटकलाई नै लक्षित गरेर झापा, चित्लाङ यो बाइक सञ्चालनमा छन् । 
हालै चित्लाङमा भगिनी कम्पनी एड्भेन्चर गियरले ५ ओटा ‘क्वाड’ बाइक सञ्चालनमा ल्याएको छ । उक्त कम्पनीले चित्लाङ रिसोर्टको पछाडि छुट्टै ३ किलोमिटरको रुट बनाएको यस्तो बाइकको सेवा दिँदै आएको छ ।
यसरी नेपालमा पनि यो बाइक प्रचलनमा आएपछि त्यसको बीमा गर्ने पोलिसी ल्याउने तयारी गरिएको हो । बाइककोदेखि तेस्रो पक्ष बीमा पनि गर्न मिल्ने गरि बीमा पोलिसी तयार गरिदै छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया