स्वदेशी लघुवित्तको पौने ५ करोड खुद नाफा, अन्य सुचक यस्तो ?

६ बर्ष अगाडि

काठमाडौं – स्वदेशी लघुवित्तले चालु आर्थिक दोस्रो त्रैमासमा रू. ४ करोड ८२ लाख ६८ हजार खुद नाफा कमाएको छ । यो गत बर्षको भन्दा ८२.४६ प्रतिशतले बढी हो । गत आवमा लुघवित्तले रू. २ करोड ६४ लाख ५३ हजार खुद नाफा कमाएको थियो ।
लघुवित्तले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । तथ्यांकअनुसार लघुवित्तले पुससम्म रू. १ अर्ब १९ करोड ९ लाख ४७ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीसम्म रू. ८० करोड ९४ लाख ५२ हजार निक्षेप संकलन गरेको थियो ।
यस्तै, लघुवित्तले रू. ३ अर्ब ७७ करोड ८२ लाख ८० हजार कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीसम्म लघुवित्तले रू. २ अर्ब ७२ करोड ९५ लाख कर्जा प्रवाह गरेको थियो । लघुवित्तले उक्त कर्जाबाट समिक्षा अवधीमा रू. ३ करोड २० लाख कुल व्याज आम्दानी गरेको छ । 
लघुवित्तले आफ्नो जगेडा कोषमा रू. १४ करोड ७९ लाख पैसा राखेको छ । लुघुवित्तको चुक्तापुँजी भने रू. २७ करोड ६० लाख पुगेको छ ।
तथ्यांकअनुसार लघुवित्तको प्रति शेयर आम्दानी ३४.९८, मुल्य आम्दानी अनुपात २१.१०, प्रति शेयर नेटवर्थ १५३.६२, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १६३७.५३ र तरलता अनुपात १२.०५ रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया