चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंकको खुद नाफा १७ करोडले बढे्को छ ।
गत वर्ष यसै अवधीमा ७२ करोड बराबरको नाफा आर्जन गरेको बैंकले यस वर्ष भने २४.७६ अंकले बढाएर ९० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
त्यस्तै, समिक्षा अवधीमा बैंकले खुद ब्याज आम्दानीमा पनि वृद्धी गरेको छ । बैंकले अभिघल्लो वर्षको तुलानामा खुद ब्याज आम्दानी २९ करोडले बढाएर १ अर्ब ७४ करोड पुराएको छ ।
त्यस्तै, बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ५९ करोड १८ लाख रुपैयाँ बराबरको वितरण योग्य मुनाफा कमाएको छ भने १ अर्ब २९ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बैंकले ८८ अर्ब २३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ८५ अर्ब ५ करोड २५ लाख बराबरको कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, यस अवधमिा बैंकको प्रतिशेयर आम्दानी पनि बढे्को छ । गत वर्षको यसै अवधीमा १७.६१ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको बैंकको यस समिक्षा अवधीमा ८० पैसाले बढे्र प्रतिशेयर आम्दानी १८.४१ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया