ग्राण्डी ईन्टरनेशनल हस्पिटलले आफ्नो आठौं साधारण सभा बोलाएको छ ।
हस्पिटलले विभिन्न विषयमा छलफल गर्न उक्त सभा बोलाएको हो ।
सभामा गत आवको बार्षिक प्रतिवेदन छलफल तथा पारित, अस्पतालले हाल प्रदान गर्दै आएको सेवा सुविधा बारे जानकारी, आ.ब. ७६/७७ का लागी लेखा परिक्षक नियक्त्ती र पारिश्रमिक तय, हकप्रद शेयर जस्ता विषयमा छलफल हुने छ ।
हस्पिटलको साधारण सभा यही फागुन १४ गते ग्राण्डी ईन्टरनेशनल हस्पिटल, धापासी काठमाडौंमा विहानको ११ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया