काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका– २ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा निर्दोष पर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष र शुन्य समयमा सांसदहरुले हत्या प्रकरणको छानबिनमा विवेक पु¥याउन माग गर्नुभयो । सांसदहरु मीन विश्वकर्मा र दीपप्रकाश भट्टले हत्या प्रकरण गम्भीरतापूर्वक छानबिन गर्न माग गर्नुभयो । मानसिक ठीक नभएका व्यक्तिलाई पक्राउ गरेर घटनालाई अन्यत्र मोड्न खोजेको भन्दै चनाखो रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरु मीना पाण्डे, मैना भण्डारीले पनि निर्मला पन्त हत्या प्रकरणमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मायादेवी न्यौपानेले काठमाडौंमा भूस्याहा कुकुरको समस्या जटिल भएको भन्दै नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभयो । भूस्याहा कुकुरले रेबिजलगायतको संक्रमण बढ्ने भन्दै तत्कालै पहल लिन उहाँले माग गर्नुभयो ।
प्रतिक्रिया