काठमाडौं – नेपालमा बेदेशिक रोजगार गएका नेपालीले पढाउने व्रिपेषण बढ्दै गएको छ । तर, विप्रेषण आप्रवाहको बृद्धिदर भने बिगत पाँच बर्षदेखि घट्दो क्रममा छ । चालु आवमा त विप्रेषण आप्रवाह केही प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको विप्रेषण आप्रवाह सम्बन्धी एक अध्ययनले यसतो देखाएको हो । राष्ट्र बैंकले विप्रेषण आप्रवाहको प्रवृत्ति अध्ययन गर्दा आव २०६५÷६६ मा रु.२ खर्ब ९ अर्ब विप्रेषण आप्रवाह रहेकोमा यस्तो आप्रवाह क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७५÷७६ मा रु. ८ खर्ब ७९ अर्ब पुगेको छ ।
तर, वृद्धिदरको आधारमा हेर्दा पछिल्ला वर्षहरुमा विप्रेषणको वृद्धिदर कम हुँदै गएको छ । आव २०७०÷७१ मा २५ प्रतिशतले बढेको विप्रेषणको वृद्धिदर त्यसपछिका वर्षहरुमा क्रमशः घट्दै गएको छ । आव २०७१÷७२ मा १३.६ प्रतिशत, आव २०७२÷७३ मा ७.७ प्रतिशत, आव २०७४ मा ४.६ प्रतिशत, आव २०७४÷७५ मा ८.६ प्रतिशत र आर्थिक वर्ष २०७५÷७६ मा १६.५ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ को दोस्रो महिनादेखि भने विप्रेषण आप्रवाह रकममा केहि कमी आएको राष्ट्र बैंकको भनाइ छ ।
आर्थिक वर्ष २०७६÷७७ को चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी आई रु.३ खर्ब ४ अर्ब ९७ करोड कायम भएको देखिन्छ ।
आव २०६५÷६६ मा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २१.२ प्रतिशत रहेकोमा यस्तो अनुपात क्रमशः वृद्धि हुँदै आव २०७२÷७३ मा २९.६ प्रतिशत पुगेको थियो । आव २०७५÷७६ मा सो अनुपात २५.४ प्रतिशत छ ।
प्रतिक्रिया