मेरो माइक्रोफाइनेन्सको नाफा २ करोडले बढ्यो

६ बर्ष अगाडि

मेरो माइक्रोफाइनेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड १९ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधीमा ६ करोड १८ लाख  नाफा कमाएको यस संस्थाले ३२.५ प्रैतिशतले नाफा बढएको हो ।

त्यस्तै, कम्पनीले समिक्षा अवधीमा १ अर्ब ४५ करोड बराबरको खुद निक्षेप संकलन गरेको छ । त्यस्तै, कम्पनीको ब्याज आम्दानी पनि बढे्को छ  । अघिल्लो वर्षको तुलानामा कम्पनीले व्याज आमदानी ६० प्रतिशतले बढे्र २४ करोड १९ लाख पुगेको छ ।

त्यस्तै, कम्पनीकोे सञ्चालन मुनाफा पनि बढे्र ११ करोड ७ लाख पुगेको छ । चुक्ता पूँजी  ८५ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ८० लाख रुपैयाँ रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया