काठमाडौं – आरम्भ लुघुवित्त वित्तिय संस्थाले चालु आवको दोस्रो त्रैमासमा रू. ८३ लाख ९३ हजार खुद नाफा कमाएको छ । यो गत आवको सो अवधीको भन्दा २७१.५६ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा उक्त रू. २२ लाख ५ हजार नाफा कमाएको थियो ।
लघुवित्तले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । तथ्यांकअनुसार लघुवित्तले पुससम्म रू. १८ करोड ३९ लाख २६ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा रू. १३ करोड १० निक्षेप गरिएको लघुवित्तको भनाइ छ ।
यस्तै, यस अवधीसम्म रू. ६१ करोड ६० लाख कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीमा आरम्भले रू. ४० करोड ८४ लाख कर्जा प्रवाह गरेको थियो । आरम्भले उक्त कर्जाबाट समिक्षा अवधीमा रू. ५ करोड २१ लाख कुल व्याज आम्दानी गरेको छ ।
लघुवित्तले आफ्नो जगेडा कोषमा रू. १ करोड ७३ लाख पैसा राखेको छ । लुघुवित्तको चुक्तापुँजी भने रू. ६ करोड ४४ लाख २८ हजार पुगेको छ । गत आवसम्ममा लघुवित्तको चुक्तापुँजी ६ करोड मात्र थियो ।
तथ्यांकअनुसार आरम्भको प्रति शेयर आम्दानी २५.४३, मुल्य आम्दानी अनुपात २०.७९, प्रति शेयर नेटवर्थ १२६.९४, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ११३३.२४ र तरलता अनुपात १४.९४ रहेको छ ।
प्रतिक्रिया